‘मायावी’को पहिलो गीत ‘त्यो माया हो’मा रोमान्टिक पल र दीपिका

Dipa Bhatt

२०८१ पुष १७ गते 

काठमाडौं । फिल्म बजारमा फिल्मी गीतहरूको अभाव भैरहेको बेला ‘मायावी’को पहिलो गीतले केही नयाँ आभास दिलाएको छ । अंग्रेजी नयाँवर्ष २०२५ को अवसरमा बुधबार निर्माताले रोमान्टिक गीत सार्वजनिक गरेका छन् ।

गीतको भिडियोमा फिल्मका प्रमुख दुई कलाकार पल शाह र दीपिका प्रसाँइको प्रेम अनुभूतिलाई हेर्न सकिन्छ । सफ्ट शैलीको रोमान्टिक गीतमा पल र दीपिकाले एक अर्कामा प्रेमको भावना पोखेका छन् । गीतमा एसडी योगी र सदीक्षा कट्टेलको स्वर, राम अविरल विष्टको शब्द, एसडी योगीकै संगीत छ ।

सार्वजनिक गीतको भिडियोलाई कविराज गहतराजले नृत्य निर्देशन गरेका हुन् । राजुविक्रम थापाको फिल्ममा छायांकन छ भने मिलन श्रेष्ठ फिल्मको सम्पादक हुन् । फिल्ममा दिवाकर भट्टराइको कथा, लेखन तथा निर्देशन छ ।

ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी छ । प्रविण भट्टराई र करणसिंह कार्यकारी निर्माता रहेको फिल्ममा मञ्जु भण्डारी, राजु पराजुली र सुमित ओलीको सह–निर्माण छ ।

फिल्म ‘मायावी’ले प्रेम र मित्रताको आभाष दर्शकलाई गराउने निर्देशक भट्टराइको विश्वास छ । कमेडी, एक्सन र पारिवारिक फिल्म चलिरहेको समयमा निर्देशक भट्टराईले लभस्टोरी जनरामा फिल्म ल्याउन लागेका हुन् ।

Sharing Is Caring:

Leave a Comment