२०८१ पुष १३ गते
काठमाडौँ — पछिल्लो समय नेपालमै रहेर गीतसंगीत क्षेत्रमा सक्रिय व्यवसायी तथा एनआरएनए अभियन्ता विनय अधिकारीले चौंथो गीत बजारमा ल्याएका छन् । अधिकारीले आफ्नै युट्युब च्यानल ‘विनय अधिकारी’ मार्फत् नयाँ गीत ‘तिम्लाई पिआर, मलाई देश चाहिएको’ सार्वजनिक गरेका हुन् ।
बिहीबार साँझ सार्वजनिक गीत हालसम्म २ लाख ५३ हजारभन्दा बढीपटक हेरिसकिएको छ । अधिकारीको आफ्नै शब्द रहेको गीतमा चर्चित लोकदोहोरी गायक राजु परियार र सुनिता बुढा क्षेत्रीले स्वर दिएका छन् । गीतमा कृष्ण लामिछानेले संगीत दिएका छन् ।
विक्रम चौहानको निर्देशनमा बनेको गीतको भिडियोमा अधिकारी र स्मारिका ढकालले अभिनय गरेका छन् । अधिकारीले यसअघि ‘यूके बस्ने माया’, ‘दुनियाँ लठ्ठै छ’ र ‘इन्द्र महाराज’को सफलतापछि चौंथो गीत सार्वजिनक गरेका हुन् ।
युट्युबमा ‘यूके बस्ने माया’ले ८१ लाख भ्यूज बटुलिसकेको छ । त्यस्तै, ‘इन्द्र महाराज’ १५ लाख र ‘दुनियानै लठ्ठ छ’ झण्डै ७ लाख पटक हेरिसकिएको छ ।