धनगढीको भट्ट दम्पती डडेल्धुरामा पक्राउ, १ महिना जेल बस्ने

Hema Nath

धनगढी: डडेल्धुरामा एक दम्पती पक्राउ परेको छ।

जिल्लाको नवदुर्गा गाउँपालिका रन्तपाला घर भएका २९ वर्षीय लक्ष्मण भट्ट र उनकी श्रीमती २५ वर्षीया श्रीमती कुन्ती भट्टलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। 

उनीहरु कैलालीको धनगढी उपमहानगरपालिकामा बस्दै आएका थिए। प्रहरीका अनुसार फैसला कार्यान्वयनको क्रममा उनीहरुलाई पक्राउ गरिएको हो। जिल्ला अदालत डडेल्धुराको फैसलाले घरेलु हिंसा मुद्दामा एक महिना कैद सजाय तोकेको थियो।

फैसला भएदेखि फरार रहेका उनीहरुलाई डडेल्धुरा सदरमुकामबाट पक्राउ गरिएको हो। 

जिल्ला अदालत डडेल्धुराले दुवै जनालाई घरेलु हिंसा सम्बन्धी मुद्दामा एक महिना कैद सजाय तोकेकोमा उनीहरु फरार थिए।

दुवै जनालाई आवश्यक कारवाहीका लागि अदालतमा पेश गरिने प्रहरीले जनाएको छ।

Sharing Is Caring:

Leave a Comment