काठमाडौंको बोहराटारबाट ८ लाख बराबरको चोरी

Hema Nath

१० पुस, काठमाडौं। काठमाडौं महानगरपालिका–१६ बालाजु बोहराटारबाट आठ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

बोहराटार बस्ने ४२ वर्षीया दुर्गा बोहराको घरबाट कोही नभएको अवस्थामा ताला फोडेर नगद ५० हजार रूपैयाँ र सुनका विभिन्न गरगहना समेत गरी करिब ७ लाख ९९ हजार रूपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ ।

चोरीमा संलग्नहरु अहिलेसम्म पक्राउ परेका छैनन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Sharing Is Caring:

Leave a Comment