आजको बैठकमा सभापति लामिछानेविरुद्ध विभिन्न अभियोग लगाइ सरकारले दर्ता गरेको मुद्दाका विषयमा ब्रिफिङ भएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी गराएका छन् ।
८ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्व गृहमन्त्री समेत रहेका सभापति रवि लामिछानेको मुद्दामा अदालतको न्यायिक प्रक्रियालाई सघाएर अघि बढ्ने निर्णय गरेको छ ।
सोमबार बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय लिएको हो ।
आजको बैठकमा सभापति लामिछानेविरुद्ध विभिन्न अभियोग लगाइ सरकारले दर्ता गरेको मुद्दाका विषयमा ब्रिफिङ भएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी गराएका छन् ।
‘पार्टी सभापति रवि लामिछाने विरुद्ध विभिन्न अभियोग लगाई सरकारले जिल्ला अदालत कास्कीमा दर्ता गरेको मुद्दाका विषयमा संक्षिप्त ब्रिफिङ्ग गरियो,’ रास्वपाको निर्णयमा भनिएको छ, ‘उक्त सम्बन्धमा सम्मानित अदालतको न्यायिक प्रक्रियालाई पूर्णरूपमा सघाएर जाने निर्णय गरियो ।’
त्यस्तै, अदालतबाट न्याय पाउनेमा आफूहरू विश्वस्त भएको पनि रास्वपाले निर्णयमा भनेको छ । बैठकले पार्टीको कार्यबाहक सभापतिको जिम्मेवारी उपसभापति डोल प्रसाद अर्याललाई तोकेको छ ।
पार्टी विधान २०७९ (संशोधन २०८१) को धारा २५ (४) (क) (९) बमोजिम मिति २०८१/०९/०६ गते पार्टी सभापतिले उनलाई कार्यवाहक सभापति तोकिएको निर्णयमा भनिएको छ ।