सहकारी ठगीमा विपिन आचार्य लगायतमाथि दोस्रो चरणमा अनुसन्धान हुने

Hema Nath

७ पुस, काठमाडौं । सहकारी ठगीको अनुसन्धानको दोस्रो चरणमा विपिन कुमार आचार्य लगायतमाथि अनुसन्धान हुने भएको छ ।

आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहितका व्यक्तिहरूविरुद्ध कास्की जिल्ला आदालतमा मुद्दा दायर भएको छ ।

सरकारी वलिकको कार्यालयले कास्की जिल्ला अदालतमा दायर गरेको अभियोग पत्रमा थप प्रमाणका आधारमा थप व्यक्तिमाथि कानुन बमोजिम हुने उल्लेख छ ।

‘खिमानन्द कँडेल, भगवती बमजन, विशेष विभु आचार्य, विपिन कुमार आचार्य लगायतको हकमा थप प्रमाण संकलन भई संलग्नता पुष्टी भएको बखत कानुन बमोजिम हुने व्यहोरा अनुरोध छ’ अभियोग पत्रमा उल्लेख छ ।

विपिन आचार्य रास्वपाका सहमहान्त्री हुन् ।

आचार्यसँग सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पनि बयान लिएको थियो ।

Sharing Is Caring:

Leave a Comment