फाइनलमा चुक्यो सुदूरपश्चिम, जनकपुरलाई उपाधि

Hema Nath

काठमाडौं: पहिलो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उपाधि जनकपुर बोल्ट्सले जितेको छ। आज भएको फाइनलमा सुदूरपश्चिमलाई ५ विकेटले पराजित गर्दै जनकपुरले उपाधि कब्जा गरेको हो।

सुदूरपश्चिमले टस जितेर पहिला ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा १८४ रन बनाएको थियो। १८५ रनको विजय लक्ष्य पछ्याएको जनकपुरले सुदूरपश्चिमलाई स्तब्ध पारेको हो।

 एनपीएलको च्याम्पिन बन्दै जनकपुर बोल्ट्सले एक करोड १० लाख रुपैयाँ पाएको हो। त्यस्तै दोस्रो हुँदै सुदूपश्चिम रोयल्सले ५१ लाख, तेस्रो हुँदै कर्णाली याक्सले २५ लाख र चौथो हुँदै १५ लाख जितेको हो।

Sharing Is Caring:

Leave a Comment