वैद्यले हाले एमाले, माओवादी र एसलाई एउटै डालोमा, विप्लव समूह ‘दक्षिणपन्थी’

Hema Nath

१४ मंसिर, काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले एमाले, माओवादी केन्द्र, र एकीकृत समाजवादीलाई दक्षिणपन्थी संशोधनवादी र यथाूिस्थतिवादी पार्टी भनी चित्रित गरेको छ ।

वैद्यले सत्तारुढ एमाले, एमालेबाट फुटेको एकीकृत समाजवादी, अनि प्रमुख प्रतिपक्षी माओवादी केन्द्रलाई नामका कम्युनिस्ट, सारमा दक्षिणपन्थी भनी आरोपित गरेका हुन् ।

‘एमाले, माके, एस रुपमा यी सबैले आफूलाई कम्युनिस्ट पार्टी, माक्र्सवाद लेनिनवाद र समाजवादको पक्षधर बताए पनि सारमा यी दक्षिणन्थी हुन्,’ वैद्यले प्रतिवेदनमा लेखेका छन् ।

‘कांग्रेसले दलाल नोकरशाही पुजीपति सामन्तवर्गको प्रतिनिधत्व गर्छ । विचारधारात्मक तथा राजनीतिक रुपमा यसले बहुलवाद प्रजातान्त्रिक समाजवाद र संसदीय लोकतन्त्रलाई मान्छ,’ वैद्यको प्रतिवेदनमा उल्लेख छ ।

उनले नेकपा मसाल, नेमकिपा, माले र विप्लव समूहलाई दक्षिणपन्थी पार्टी भनी परिभाषित गरेका छन् । ‘तिनले निम्नपुजीपति वर्गको दक्षिणपन्थी हिस्साको प्रतिनिधित्व गगर्छन्,’ वैद्यले ती दललाई इंगित गर्दै महाधिवेशनको दस्तावेजमा लेखेका हुन् ।

Sharing Is Caring:

Leave a Comment