ससुराली गएका कञ्चनपुरका ३५ वर्षीय युवकको अस्पतालमै मृत्यु

Hema Nath

धनगढीः कैलालीको लालपुर ससुराली घर आएका बेला बेहोस् भएका एक युवकको मृत्यु भएको छ।

कञ्चनपुरको पुनर्वास नगरपालिका–१२ का ३५ वर्षीय नाथ आउजी कैलालीको गोदावरी नगरपालिका–७ लालपुर आएका थिए।

जिल्ला प्रहरी कार्यालय, कैलालीले शनिवार राति बेहोस भएका उनको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको बताएको छ।

उनका साला प्रकाश नागरीले बेहोस भएपछि तत्कालै उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याएका थिए। तर, उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

Sharing Is Caring:

Leave a Comment