धनगढीको शिवपुरी टोलबाट तीन जना पक्राउ

Hema Nath

धनगढी: धनगढीको शिवपुरी टोलबाट तीन जना पक्राउ परेका छन। धनगढी उपमहानगरपालिका–४ शिवपुरी टोलबाट लागुऔषधसहित तीन जना पक्राउ परेका हुन।

सुदूरपश्चिम प्रदेश प्रहरीले ५० मिलिग्राम ब्राउनसुगरसहित तीन जना पक्राउ परेका बताएको छ। पक्राउ पर्नेहरूमा शिवपुरी टोलकी २९ वर्षीय रेश्मी कार्की, २४ वर्षीय किरण मगर र डोटीको दीपायल–सिलगढी नगरपालिका–६ का १९ वर्षीय सुजन खड्का रहेका छन्। उनीहरूलाई अस्थायी प्रहरी पोस्ट शिवपुरी धामको प्रहरी टोलीले पक्राउ गरेको हो।

Sharing Is Caring:

Leave a Comment