तीनकुने प्रदर्शनमा ज्यान गुमाएका सुरेश र सविनको परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ दिने

Hema Nath

काठमाडौँः काठमाडौँको तीनकुने प्रदर्शनमा ज्यान गुमाएका सुरेश र सविनको परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ दिने भएको छ।

१५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा ज्याउन गुमाएका पत्रकार सुरेश रजक र कीर्तिपुरका युवक सविन महर्जनको परिवारलाई उक्त सहयोग उपलब्ध गराउने निर्णय गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

शुक्रबार १० बजे सहकर्मी अनिल रायमाझीसहित सुरेश रिपोर्टिङका लागि एभिन्युजको कार्यालयबाट निस्किएका थिए। रिपोर्टिङका क्रममा तीनकुनेमा एक घरमा प्रदर्शनकारीले लगाएको आगोमा परेर सुरेशको मृत्यु भएको थियो। पोस्टमार्टम रिपोर्टमा जलेर मृत्यु भएको देखिएको छ। त्यस्तै काठमाडौं–हेटौंडा रुटमा सुमो गाडी चलाउने कीर्तिपुर–४ गाम्चाका २९ वर्षीय सविन महर्जनको भने प्रहरीको गोली लागेर मृत्यु भएको हो।

Sharing Is Caring:

Leave a Comment