प्रधानमन्त्री ओलीले भेटे पत्रकार रजकको परिवार, भने : दोषीमाथि कडा कारबाही हुन्छ 

Hema Nath

१८ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको तीनकुनेमा आगजनीमा परेर मृत्यु भएका पत्रकार सुरेश रजकको परिवारसँग भेट गरेका छन् ।

सोमबार बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही गरिने बताए ।

प्रधानमन्त्री ओलीले सुरेशको दाहसंस्कार गर्न उनको परिवारसँग आग्रह गर्दै सुरेशकी पत्नीलाई रोजगारीको व्यवस्था मिलाउने बताए ।

१५ चैतमा काठमाडौंको तीनकुनेस्थित एक व्यक्तिको घरमा बसेर राजावादी समूहले गरेको प्रदर्शनको फोटो तथा भिडियो खिचिरहेको समयमा प्रदर्शनकारीले सोही घरमा आगजनी गरेका थिए । आगजनीमा परेर उनको मृत्यु भएको थियो ।

उक्त दिन राजावादी समूहले तीनकुने, कोटेश्वर लगायत क्षेत्रमा तोडफोड र आगजनी गरेको थियो ।

Sharing Is Caring:

Leave a Comment