प्रचण्डसहित समाजवादी मोर्चाका नेताद्वारा नेकपा एसको कार्यालय अनुगमन

Hema Nath

१६ चैत, काठमाडौं । समाजवादी मोर्चाका नेताहरुले राजावादीहरूले आगजनी गरेको एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयको अनुगमन गरेका छन् ।

मोर्चामा आवद्ध माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नकेपाका महासचिव विप्लव, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवलगायतका नेताहरूले आलोकनगर पुगेर कार्यालयको अनुगमन गरेका हुन् ।

अनुमगनपछि नेताहरूबीच त्यहीँ छलफल भएको छ । छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसिहतका नेताहरू सहभागी रहेका छन् ।

तीनकुनेमा आयोजित प्रदर्शनका क्रममा उत्तेजित बनेका राजावादीहरूले शुक्रबार एकीकृत समाजवादीको कार्यालयमा आगजनी गरेका थिए ।

Sharing Is Caring:

Leave a Comment