तीनकुनेमा राजावादीको कार्यक्रम बिथोलियो

Hema Nath

१५ चैत, काठमाडौं । काठमाडौंको तीनकुनेमा जारी राजावादीहरूको कार्यक्रम बिथोलिएको छ । अश्रुग्यास प्रहार गरेपछि सहभागीहरू भागाभाग भएको छ ।

सभाका लागि विभिन्न ठाउँबाट मानिसहरू प्रदर्शनमा आइरहेका थिए । प्रहरीले बानेश्वरतर्फ जाने सडक बन्द गराएको थियो । त्यहाँको प्रहरी घेरा तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गर्नुपरेको जनाएको छ ।

सभाका लागि विभिन्न ठाउँबाट राजाका समर्थकहरु भेला हुन तिनकुने आउने क्रम जारी थियो । उनीहरूको सभा सुरु नहुँदै तनाव सिर्जना भएको छ ।

कार्यक्रम बिथोलिएपछि नेताहरू कार्यक्रमस्थलबाट हिँडेका छन् । प्रहरीले बल प्रयोग गरेपछि उनीहरुले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका छन् ।

Sharing Is Caring:

Leave a Comment