कञ्चनपुरमा हात्ती मृत्यु घटनामा एक जना पक्राउ

Hema Nath

धनगढीः  कञ्चनपुरमा हात्ती मृत्यु घटनामा एक जना पक्राउ परेका छन्।

जिल्लाको लालझाडी गाउँपालिका–४ पर्सियामा खेतबारीमा फागुन ७ गते वयस्क भाले हात्ती मृत फेला परेको थियो। सोहि प्रकरणमा खेत धनी ओमप्रकाश राना पक्राउ परेका हुन। अनुसन्धानका क्रममा विद्युतीय धरापमा परेर हात्तीको मृत्यु भएको रिपोर्ट आएपछि रानालाई पक्राउ गरिएको लालझाडी सब–डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत करुणाकर जोशीले बताए।

हात्ती मृत भेटिएको स्थानमा विद्युतीय धरापका लागि राखिएको ग्याबिन तारसमेत भेटिएको थियो। हात्तीको पोस्टमार्टमपछि विद्युतीय धरापबाटै मृत्यु भएको रिपोर्ट प्राप्त भएपछि रानालाई पक्राउ गरिएको जोशीले बताए। निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार वन्यजन्तु मारेको अभियोगमा ५ देखि १५ वर्ष कैद वा ५ देखि १० लाख सम्म जरिवाना तथा दुवै हुने व्यवस्था छ।

Sharing Is Caring:

Leave a Comment