५ चैत, काठमाडौं । पाटन संयुक्त क्याम्पसमा १०० मत खसेपछि स्वत्नत्र विद्यार्थी युनियन (स्ववियु) को मतदान रोकिएको छ ।
मतदाता कार्डमा विवाद भएपछि चुनाव रोकिएको क्याम्पसका शिक्षक कृष्ण बिकेले बताए । ‘आधा घण्टाअघि मतदान रोकिएको छ । मतदाता कार्डको विवाद मिलाउन उम्मेदवार, संगठनका प्रतिनिधि र क्याम्पस प्रमुख सहितको बैठक बसिरहेको छ,’ उनले भने ।
पाटनमा बिहान पौने ९ बजेदेखि मतदान सुरु भएको थियो ।