कञ्चनपुरः कञ्चनपुरको २ स्थानमा आगलागी भएको छ। जिल्लाको बेल्डाँडी गाउँपालिका-५ को गौरी शान्ति टोलको एक घरमा आगलागी भएको हो। आगलागी हुँदा ६० हजारको क्षति भएको छ।
यस्तै भीमदत्त नगरापालिका-८ को पशुपति टोलमा आगलागी भएको छ। गोठमा आगलागी हुँदा २० हजार बराबरको नोक्सानी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। आगलागीबाट मानवीय तथा पशु क्षति नभएको प्रहरीले जनाएको छ।