२५ फागुन, काठमाडौं । जनमत पार्टीको केन्द्रीय समितिको बैठकमा पाँच एजेन्डामा छलफल हुने भएको छ ।
आइतबार सुरु भएको केन्द्रीय समितिको बैठक सोमबार (भोलि) सकिने छ ।महोत्तरीको बर्दीवासमा पहिलो दिनको बैठक सुरु भएको छ । बैठकका लागि पाँच एजेन्डा पेस भएको प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिए ।
यादवका अनुसार संगठनको सवलीकरण, नौलो गणतन्त्र कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत, संघीयता कार्यान्वयन, समान विचारधारा भएका पहिचानवादीहरूसँग एकीकरण लगायतका एजेन्डा छन् ।बैठकमा प्रदेश सरकारको प्रभावकारीका सन्दर्भमा पनि छलफल हुने यादवले जानकारी गराए ।