नेविसंघले धनगढीमा राखेका झन्डा आन्दोलनरत विद्यार्थीले हटाए

Hema Nath

२५ फागुन, धनगढी । धनगढीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वागतमा लगाइएको झन्डा आन्दोलनरत विद्यार्थीले हटाएका छन् ।

भोलिदेखि सुरू हुने नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनको उदघाटन गर्न कांग्रेस सभापति देउवासहितका नेताहरू धनगढी आउने भएपछि नेविसंघका विद्यार्थीहरुले सडक क्षेत्रमा पार्टीका झण्डा राखेका थिए ।तर प्रदेश सरकारले ल्याउन लागेको सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धी ऐनको विरोधमा आन्दोलनरत विद्यार्थीले ती झन्डा हटाएका हुन् ।

आन्दोलनमा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी र रास्वपाका नेता सन्तोष जोशी लगायत देखिएका छन् ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका उनीहरूले सडकमा लगाइएका झन्डा हटाइदिएका हुन् ।

उनीहरूले झन्डा हटाउँदा नेविसंघका विद्यार्थीले विरोध गरेका थिए । त्यसक्रममा केहीबेर सडक अवरुद्ध भएको थियो ।

Sharing Is Caring:

Leave a Comment