कैलाली प्रहरीको थुनुवा कक्षमा ७० प्रतिशत लागुऔषधका सेवनकर्ता

Hema Nath

धनगढीः तपाईँ आफ्ना छोराछोरीले दैनिक गर्ने आनीबानी एवं गतिविधिका बारेमा सचेतता अपनाइरहनु भएको छ, छैन ?

छोराछोरीले गर्ने व्यवहार एवं आनीबानीका बारेमा सचेतता अपनाउनु भएको छैन भने उनीहरूमध्ये धेरै कुलतमा फसिरहेका हुनसक्छन्। पढ्न जाने वा घर बाहिरको काम गर्न जाने बहानामा कुलतमा फसेका साथीभाईको सङ्गतमा लागेर धेरै युवा एवं वयस्क व्यक्ति लागु औषधको कुलतमा फसिरहेका घटना बढ्दै गएका छन्। यीमध्ये कतिपय युवती पनि यस्तो कुलतमा फस्ने गरेको पाइएको छ।

दिनैपिच्छे कैलालीसहितका जिल्लामा प्रहरी टोलीले लागु औषधसहित विभिन्न व्यक्ति धमाधम पक्राउ पर्नथालेको पनि छ। लागु औषधको सेवन र ओसारपसारमा फस्नेमध्ये अधिकांश युवा फेलापर्ने गरेको प्रहरीको तथ्याङ्क छ। यसको सेवन तथा ओसारपसारका घटना डरलाग्दो रूपमा फैलिँदै गएको देखिएपनि यो समस्याका बारेमा समाजमा खास चासो र चिन्ता व्यक्त गरिएको देखिदैन। यसका कारण लागु औषधको समस्या न्यूनीकरण हुनुको साटो बढ्दै गएको घटनाक्रमले देखाएको छ।

युवाहरू लागु औषध दुव्र्यशनको सिकार भइनुँदा पनि सम्बन्धित अभिभावक भने बेखवरजस्तै देखिँदा यो समस्या रोकथाम जटिल बन्दै गएको प्रहरीको अनुभव छ।

यो समस्याको समाधानका लागि प्रहरीले प्रयास गरिरहेपनि न्यूनीकरण हुन सकिरहेको छैन। कैलाली जिल्लामा एकैदिन १२ जनासम्म लागु औषधसहित पक्राउ परेको तथ्याङ्क छ। पक्राउ पर्नेहरूबाट खैरो हिरोइन, नाइट्राभेट, नाइट्रजपाम, चरेश, स्पास्मो, ब्राउन सुगर, कोडेक्स, ट्रमाडोलजस्ता लागु औषध बरामद हुने गरेको छ।

Sharing Is Caring:

Leave a Comment