घुमुवा प्रहरी भन्दै ठगी गर्ने पक्राउ

Hema Nath

२४ फागुन, काठमाडौं । प्रहरी हुँ भन्दै ठगी गर्ने एक जना व्यक्ति पक्राउ परेका छन् ।

रौतहट गरुडा नगरपालिका-८ बिर्ता चोकका ४४ वर्षीय शेख सदरे आलमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

आलमले घुमुवा प्रहरी हुँ भन्दै स्थानीय किसानहरूबाट रकम असुल्ने गरेका थिए । आलममाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing Is Caring:

Leave a Comment