दार्चुलामा जीप दुर्घटना हुँदा चालकको मृत्यु, दुई जना घाइते

Hema Nath

२१ फागुन, खलङ्गा (दार्चुला) । दार्चुलाको महाकाली नगरपालिका–२ मैखोलीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जिल्लाको नौगाड गाउँपालिकाको दल्लेकबाट सदरमुकाम खलङ्गातर्फ आइरहेको सुपप्र–००१–ज–०००५ नम्बरको जीप आज ४ः३० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरक्षक छत्रबहादुर रावतले जानकारी दिए ।

दुर्घटनामा जीप चालक महाकाली नगरपालिका–२ का २७ वर्षीय महेश भुलको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी जीपमा सवार सुशान्त भुल र सागर भुलको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जिप सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो ।

दुर्घटनाका कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing Is Caring:

Leave a Comment