कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ 

Hema Nath

धनगढीः कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।

टीकापुर नगरपलिका–९ खक्रौला स्थित सडक खण्डमा सुदूरपश्चिम प्रदेश ०१–०१२ प १८८९ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा चालक टीकापुर नगरपलिका–२ बस्ने २५ वर्षीय राहुल शाहीसहित दुई जनालाई लागूऔषधसहित पक्राउ गरिएको छ। ४१० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) र मोटरसाईकलसहित दुबै जनालाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

यसैगरी धनगढी उपमहानगरपालिका–३ भन्सार व्यारेल नजिकबाट धनगढी उपमहानगरपालिका–१३ बस्ने २१ वर्षीय शुसिल रानालाई ३ ग्राम १० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

Sharing Is Caring:

Leave a Comment