कांग्रेस-एमाले सरकार जति लामो जान्छ माओवादीलाई त्यति फाइदा हुन्छ : प्रचण्ड

Hema Nath

२० फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस-एमाले गठबन्धनको सरकार जति रहन्छ आफ्नो पार्टीलाई त्यति फाइदा हुने बताएका छन् ।

कैलालीको टिकापुरमा हुने थारु राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न जाने क्रममा मंगलबार बिहान नेपालगञ्ज विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

पत्रकारले सरकार कति समयसम्म चल्छ भनेर सोधेका थिए । जवाफमा प्रचण्डले भने, ‘अहिले सरकारको आयु नतोकौं । हामी भनिराखेका छौं– बसिराखोस् यो सरकार जति बस्छ त्यति माओवादीलाई फाइदा हुन्छ ।’

तर, सरकारले ठीक काम भने नगरेको उनले बताए । सरकारले गरिरहेका कामहरू गलत रहेको र यो जनताले यो बुझिराखेको उनले बताए । सत्तारुढ दलभित्रै समेत असन्तुष्टि रहेको उनको भनाइ छ । ‘जनतामा आम रुपमा असन्तुष्टि छ । कांग्रेसभित्र, एमाले भित्र पनि उकुसमुकुसको स्थिति छ’, उनले भने । तथापि, आफूहरू सरकार बदल्नेतिर नलागेको बताए । प्रचण्ड भन्छन्, ‘हामीलाई जनतातिर नै ठीक छ ।’

Sharing Is Caring:

Leave a Comment