मधेश भवनभित्र मधेश शहीद प्रतिष्ठानका सदस्य मृत भेटिए

Hema Nath

मधेश भवनिभत्रको आवासमा यादव सुतेकै अवस्थामा मृत भेटिएका छन् । त्यहाँ उनले बान्ता गरेको भेटिएको छ ।

२० फागुनजनकपुरधाम । मधेश भवनभित्र रहेको आवासमा मधेश शहीद प्रतिष्ठानका सदस्य मृत फेला परेका छन् । सदस्य नरेश यादव आज बिहान आफ्नै ओछ्यानमा मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी वरुणबहादुर सिंहका अनुसार बिहान ७ बजे आफ्नै ओछ्यानमा यादव मृत फेला परेका हुन् । उनले त्यहाँ बान्ता गरेको भेटिएको छ । मृत्युको कारण भने नखुलेको डिएसपी सिंहले बताए ।

शव बिहानै पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको छ । घटना बारेमा थप अनुसन्धान भइरहेको र पोस्टमार्टम रिपोर्टपश्चात उनको मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।

Sharing Is Caring:

Leave a Comment