शंखरापुरको रिसोर्टमा जुवा खेल्दै गरेका ११ जना पक्राउ

Hema Nath

१९ फागुन, काठमाडौं । शंखरापुर नगरपालिका–३ जरसिंह पौवास्थित एक रिसोर्टमा तासजुवा खेल्दै गरेको अवस्थामा ११ जना पक्राउ परेका छन् ।

ज्ञानबहादुर तामाङको हिमालयन भ्यू पोइन्ट रिसोर्टमा तासजुवा खेल्दै गरेको अवस्थामा तामाङसहित ११ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुबाट ५ लाख ३३ हजार २ सय र ३ बुक तास बरामद भएको छ । प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग साँखुबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

Sharing Is Caring:

Leave a Comment