गोरखामा माइक्रो बस दुर्घटना हुँदा १ जनाको मृत्यु, १४ घाइते

Hema Nath

मनकामना मन्दिरका दर्शनार्थी सवार ‘अनटेस्ट’ ईभी माइक्रोबस आज बिहान ११ः२५ बजे आँबुखैरेनी–गोरखा सडकखण्डमा दुर्घटना भएको हो ।

१९ फागुन, काठमाडौं । गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर ३ मा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् ।

मनकामना मन्दिर दर्शनार्थी सवार ‘अनटेस्ट’ ईभी माइक्रोबस आज बिहान ११ः२५ बजे आँबुखैरेनी–गोरखा सडकखण्डमा दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु भएका र घाइते भएकाहरुको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । घाइतेहरु सबैलाई उपचारका लागि तनहुँको आँबुखैरेनी अस्पताल पठाइएको छ ।

Sharing Is Caring:

Leave a Comment