१८ फागुन, काठमाडौं । भारतको भुवनेश्वरस्थित केआईआईटी कलेजबाट फर्किएका नेपाली विद्यार्थीबारे सरकारको योजनाको खोजी भएको छ ।
आइतबार राष्ट्रिय सभामा शून्य समयमा बोल्दै नेकपा एकीकृत समाजवादीकी सांसद मदन कुमारी शाह (गरिमा)ले केआईआईटीबाट फर्किएका नेपाली विद्यार्थीबारे सरकारको योजना मागेकी हुन् ।
‘नेपाल फर्किएका विद्यार्थीहरूको बारेमा सरकारसँग के जानकारी छ ? उनीहरूको भविष्यको बारेमा सरकारले के योजना बनाइरहेको छ । यसको जवाफ चाहन्छु’ उनले भनिन्