१५ फाल्गुन, सुर्खेत। सुर्खेतको बाँगेसीमलमा गाडी दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।
दैलेखको दुल्लुबाट सुर्खेतको वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०४१९ नम्बरको सवारी बिहीबार दिउँसो दुर्घटनामा परेको हो ।
दुर्घटनामा दुई बालबालिकासहित १३ जना यात्रु घाइते भएका छन् ।
घाइतेहरुलाई कर्णाली प्रदेश अस्पताल, माया नर्सिङ होम र कर्णाली केयरमा उपचार भइरहेको जिल्ला प्रह्री कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।
उनका अनुसार गाडी वीरेन्द्रनगर नगरपालिका–२ को बाङ्गेसीमबाट १ किलोमिटर पश्चिमतर्फ घोडालोटेमा दुर्घटनामा परेको हो ।
गाडी अनियन्त्रित भएर सडकबाट १५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।
घाइते सबैको अवस्था सामान्य रहेको र घटनाको थप विवरण आइनसकेको सुर्खेत प्रहरीले जनाएको छ। गाडीमा १६ जना सवार रहेका थिए ।