फाइनलमा अभागी नेपाल, यस्तो छ इतिहास

Hema Nath

नेपाल महिला टोली फाइनलमा सधैं अभागी बन्दै आएको छ । १३औं फाइनलमा हारपछि उनको उपविजेता ट्याग अझै हटेन ।

नेपाल महिला टोली फाइनलमा सधैं अभागी बन्दै आएको छ । १३औं फाइनलमा हारपछि उनको उपविजेता ट्याग अझै हटेन । फाइनल जिंक्स अझै तोड्न सकेन ।

नेपाल साफमा छैटौं पटक पराजित भयो । यस बाहेक दक्षिण एसियाली खेलकुद (साग) मा ३ पटक तथा हिरो गोल्डकप, नादेज्दा कप र वाफ वुमन्स च्याम्पियनसिपमा समान १ पटक फाइनलम पराजित भएको थियो ।

साफको १४ वर्षे इतिहासमा सर्वाधिक ६ पटक फाइनल खेले पनि नेपाल अझै उपाधिविहीन छ ।

नेपाल सबैखाले गरी भारतसँग ७ पटक फाइनलमा पराजित भएको छ भने बंगलादेशसँग दुई पटक तथा म्यानमार, उज्वेकिस्तान र जोर्डनसँग १(१ पटक फाइनलमा पराजित भएको छ ।

यसअघि पछिल्लो पटक २०२४ फेब्रुअरीमा नेपाल वाफ च्याम्पियनसिपको फाइनल पुगेको थियो । तर जोर्डनसँग पेनाल्टी सुटआउटमा ५–३ ले पराजित हुँदै नेपाल उपाधिबाट बञ्चित भयो ।

दक्षिण एसियाली साफ वा सागमा यसअघि भारत नेपालको लागि बाधक बन्दै आएको थियो । साफको पाँच पटकको च्याम्पियन भारत विरुद्ध पछिल्लो समय नेपालले राम्रो प्रदर्शन गर्न थालेको छ ।

साफमा दुई पटक सेमिफाइनलमा भारतलाई हरायो पनि । तर, पछिल्लो दुई संस्करण नेपालका लागि नयाँ टोली बंगलादेश नयाँ चुनौतीको रुपमा देखियो ।

सन् २०१० मा बंगलादेशको कक्स बजारबाट सुरु भएको साफ महिला च्याम्पियनसिपमा नेपाल यसअघि भारतसँग चार पटक र बंगलादेशसँग २ पटक फाईनलमा पराजित भएको छ ।

भारतसँग २०१० मा १–० ले, २०१२ मा ३–१ ले, २०१४ मा ६–० ले र २०१९ मा ३–१ ले पराजित भएको नेपाल २०२२ मा बंगलादेशसँग ३–१ र २०२४ मा २–१ ले पराजित भयो ।

यस्तै २०१० देखि नै साग महिला फुटबलमा नेपाल भारतसँग तीन पटक पराजित भएको थियो । २०१० मा बंगलादेशमा भएको ११औं सागमा नेपाल फाइनलमा भारतसँग ३–१ ले पराजित भएको थियो । सन् २०१६ मा भारतमै भएको १२औं सागमा नेपाल फाइनलमा भारतसँग ४–० ले पराजित भएको थियो भने २०१९ मा नेपालमै भएको १३औं सागमा नेपाल फाइनलमा २–० ले पराजित भएको थियो ।

यस बाहेक २०१९ मै नेपाल हिरो वुमन्स गोल्डकपमा म्यानमारसाग र नादेज्दा कपमा उज्वेकिस्तानसँग फाइनलमा पराजित भएको थियो भने २०२४ फेब्रुअरिमा जोर्डनसँग वाफ च्याम्पियनसिपमा पेनाल्टीसुटआउटमा पराजित भएको थियो ।

साफ महिला च्याम्पियनसिप

२०१० फाइनल : भारतसँग १–० ले पराजित
२०१२ फाइनल : भारतसँग ३–१ ले पराजित
२०१४ फाइनल : भारतसँग ६–० ले पराजित
२०१९ फाइनल : भारतसँग ३–१ ले पराजित
२०२२ फाइनल : बंगलादेशसँग ३–१ ले पराजित
२०२४ फाइनल : बंगलादेशसँग २–१ ले पराजित

दक्षिण एसियाली खेलकुद (साग)

२०१० फाइनल : भारतसँग ३–१ ले पराजित
२०१६ फाइनल : भारतसँग ४–० ले पराजित
२०१९ फाइनल : भारतसँग २–० ले पराजित

२०१९ हिरो वुमन्स गोल्डकप

फाइनल : म्यानमारसँग ३–१ ले पराजित

२०१९ नादेज्दा कप

फाइनल : उज्वेकिस्तानसँग ३–२ ले पराजित

२०२४ वाफ वुमन्स च्याम्पियनसिप

फाइनल : जोर्डनसँग पेनाल्टीसुटआउटमा ५–३ (२–२) ले पराजित

२०२५ इन्टरनेसनल वुमन्स च्याम्पियनसिप

फाइनल : म्यानमार २–० नेपाल ।

Sharing Is Caring:

Leave a Comment