नेपाली महिला फुटबलको उपाधि सपना अधुरै, फाइनलमा म्यानमारसँग स्तब्ध

Hema Nath

१४ फागुन, काठमाडौं । १३औं फाइनल खेलिरहेको नेपाली महिला फुटबल यसपटक पनि अभागी सावित भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेलमा नेपालले म्यानमारसँग २–० गोलको हार बेहोर्‍यो ।

खेलमा प्रभावशाली प्रदर्शन गरिरहेको नेपाल ६२ औँ मिनेटमा गोल खाँदै पछि परेको थियो । दोस्रो मिनेटमै अर्को गोल बेहोरेपछि नेपाल उपाधिको खडेरी तोडेर उपाधिको इतिहास रच्ने मौका गुमाउन बाध्य भयो ।

नेपालको यो १३औं फाइनल खेल थियो । नेपाली महिला टिमको नेतृत्व गरेका कोच राजेन्द्र तामाङले पनि लगातार तेस्रो फाइनलमा हारको सामना गरे । उनको नेतृत्वमा नेपाली राष्ट्रिय महिला टिमले आज तेस्रो फाइनल खेलेको थियो ।

म्यानमारले अग्रता लिनुपूर्व नेपालले उसको गोलपोष्टमा करिब दर्जनपटक आक्रमण गरेको थियो । गोलका केही निश्चित अवसरमा ट्राइकरहरू चुक्दा नेपाल निराश बन्न पुग्यो ।

अन्तर्राष्ट्रिय महिला फुटबल खेल्न थालेमो ३९ वर्ष करिब ४ दशकमा नेपालले अहिलेसा्म जित्न सकेको छैन। नेपाल १३ पटक फाइनल पुगेको भने पछिल्लो डेढ दशक (१५) वर्षमा हो ।

नेपालले खेलेका १३ फाइनल

साफ महिला च्याम्पियनसिप

२०१० फाइनल : भारतसँग १–० ले पराजित
२०१२ फाइनल : भारतसँग ३–१ ले पराजित
२०१४ फाइनल : भारतसँग ६–० ले पराजित
२०१९ फाइनल : भारतसँग ३–१ ले पराजित
२०२२ फाइनल : बंगलादेशसँग ३–१ ले पराजित
२०२४ फाइनल : बंगलादेशसँग २–१ ले पराजित

दक्षिण एसियाली खेलकुद (साग)

२०१० फाइनल : भारतसँग ३–१ ले पराजित
२०१६ फाइनल : भारतसँग ४–० ले पराजित
२०१९ फाइनल : भारतसँग २–० ले पराजित

२०१९ हिरो वुमन्स गोल्डकप

फाइनल : म्यानमारसँग ३–१ ले पराजित

२०१९ नादेज्दा कप

फाइनल : उज्वेकिस्तानसँग ३–२ ले पराजित

२०२४ वाफ वुमन्स च्याम्पियनसिप

फाइनल : जोर्डनसँग पेनाल्टीसुटआउटमा ५–३ (२–२) ले पराजित

२०२५ इन्टरनेसनल वुमन्स च्याम्पियनसिप

फाइनल : म्यानमार २–० नेपाल ।

Sharing Is Caring:

Leave a Comment