कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ

Hema Nath

कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।

पुनर्वास नगरपालिका–५ उद्रिचोकबाट ३ ग्राम ५३० मिलिग्राम लागूऔषधसहित पुनर्वास नगरपालिका–७ बस्ने २३ वर्षीय सागर राना र २८ वर्षीय राम लक्ष्मण राना पक्राउ परेका छन्। यी दुबै जनालाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। 

Sharing Is Caring:

Leave a Comment