कञ्चनपुरः कञ्चनपुरको महेन्द्रनगरमा सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव सोमवारदेखि सुरु भएको छ।
‘कृषि, उत्पादन र स्वरोजगार, आर्थिक समृद्धिको आधार’ नारासहित १० दिनसम्म चल्ने महोत्सवको उद्घाटन नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र भारतको उत्तराखण्डका संस्कृति तथा पर्यटन मन्त्री सतपाल सिंह रावत (सतपालजी महाराज)ले संयुक्त रूपमा गरेका थिए। उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सरकार गम्भीर रहेको बताए।
यस्तै भारतका मन्त्री महाराजले नेपाल– भारत व्यापार र पर्यटन प्रवद्र्धनमा महोत्सवहरूको महत्त्व भूमिका हुने बताए। महोत्सवमा स्थानीय व्यवसाय, कृषि, पर्यटन र हस्तकलालाई प्रवद्र्धन गर्ने उद्देश्य राखिएको छ। विभिन्न सांस्कृतिक झाँकी, मनोरञ्जनात्मक कार्यक्रम, र स्थानीय उत्पादनका स्टलहरू पनि राखिएका छन्।