कञ्चनपुरः कञ्चनपुरमा कारको ठक्करबाट २ जना घाइते भएका छन्।
पूर्व–पश्चिम राजमार्गस्थित सुकासाल चोक नजिकै पूर्वबाट पश्चिम जाँदै गरेको भारतीय नम्बरको युके ०४ए एफ ५९४३ नम्बरको अल्टोकारले शनिबार राति अटो रिक्सा र साइकल यात्रुलाई ठक्कर दिएको हो। दुर्घटनामा अटो चालक भीमदत्त नगरपालिका १० पशुपति टोलका ३५ वर्षीय केशव सुनार रसाइकलयात्रुु भीमदत्त नगरपालिका ५ बैजनाथ टोलकीे १५ वर्षीया प्रतिज्ञा लुहार घाईते भएका छन्। कार चालक भीमदत्त नगरपालिका–११ का ५० वर्षीय कमल गुरुङ घाइते भएका छन्।