धनगढीमा खैरो हेरोइनसहित एक जना पक्राउ 

Hema Nath

धनगढीः कैलालीको धनगढीमा खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–१३ राजपुर स्थित सुदूरपश्चिम प्रदेश ०१–०१२ प ४२५९ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाईकल चालक धनगढी उपमहानगरपालिका–३ बस्ने २४ वर्षीय विवश वडाल खैरो हेरोइनसहित पक्राउ परेका छन्।

वडालको साथबाट १७० मिलिग्राम खैरो हेरोइन र मोटरसाईकलसहित उनलाई वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

Sharing Is Caring:

Leave a Comment