कैलालीको भजनीबाट १४ वर्षीया किशोरी बेपत्ता

Hema Nath

धनगढी: कैलालीको भजनीबाट एक किशोरी बेपत्ता भएकी छन्। भजनी नगरपालिका–३ पडरियाका सुुपाईराम डगौराकी १४ वर्षीया छोरी निलम डगौरा बिहीबारदेखि बेपत्ता भएको प्रहरीले जनाएको छ।

दिउँसो साढे १ बजे कसैलाई थाहा नदिएर घरबाट निस्किएकी डगौरा अबेर रातिसम्म नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए। अहिले प्रहरी उनको खोजीमा जुुटेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले बताए।

Sharing Is Caring:

Leave a Comment