प्रहरीका अनुसार पोखरा महानगरपालिका-८ फिर्केस्थित सडकमा बिहीबार ग३च ८९७७ नम्बरको जिप र ग१३प ३२०६ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा स्कुटरमा सवार एक जनाको मृत्यु भएको हो ।
८ फागुन, काठमाडौं । कास्कीको पोखरामा जिप र स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्कुटरमा सवार पोखरा महानगरपालिका-११ फूलबारी बस्ने ५६ वर्षीया माया गुरुङ रहेका छन् ।
प्रहरीका अनुसार पोखरा महानगरपालिका-८ फिर्केस्थित सडकमा बिहीबार ग३च ८९७७ नम्बरको जिप र ग१३प ३२०६ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा स्कुटरमा सवार गुरुङ गम्भीर घाइते भएकी थिइन् ।
उनको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
जिप चालकलाई नियन्त्रणमा लिएर प्रहरीले दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।