८ फागुन, धनगढी । कैलालीको रानीजमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा हाम फालेर एक महिला बेपत्ता भएकी छन् ।
बुधबार लम्कीचुहा नगरपालिका–३ को बलचौरमा सोही ठाउँ बस्ने रामप्रसाद चौधरीको २५ वर्षीया श्रीमती अनिताले नहरमा हाम फालेकी थिइन् ।
चौधरीले हाम फालेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनी नहरमै बेपत्ता छिन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले जानकारी दिए ।