झापामा नेपाल प्रहरीका सई मृत भेटिए

Hema Nath

४ फागुन, काठमाडौं ।झापामा नेपाल प्रहरीका एक जना प्रहरी नायब निरीक्षक (सई) मृत भेटिएका छन् । मृत फेला पर्नेमा भोजपुर टेम्केमैयुङ गाउँपालिका घर भइ हाल जिल्ला मोरङ कानेपोखरी गाउँपालिका-७ बस्दै आएका ४९ वर्षीय सई धनराज खतिवडा छन् ।

झापा भद्रपुर नगरपालिका-८ मा रहेको जिल्ला प्रहरी कार्यालय झापाको तीन तले ब्यारेकको माथिल्लो तलामा उनी मृत फेला परेको निमित्त सूचना अधिकारी विजय चौहानले जानकारी दिए । उनका अनुसार माथिल्लो तलाको पानी ट्यांकी जाने फलामको भर्‍याङमा खतिवडा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

‘शव आज बिहानको हो । घटनाबारे परिवारलाई जानकारी दिइसकिएको छ’, चौहानले भने, ‘सो सम्बन्धमा अनुसन्धान कार्य जारी छ ।’

प्रहरीले मृतकका आफन्तलाई जानकारी गराएर कानुनी प्रक्रिया अघि बढाएको प्रहरी निरीक्षक चौहानले अनलाइनखबरलाई बताए । घटनाको थप अनुसन्धान अघि बढाएको छ।

Sharing Is Caring:

Leave a Comment