कैलालीमा ट्याक्टर सहित काठ बरामद 

Hema Nath

धनगढीः कैलालीमा ट्याक्टरमा लोड गरि राखेको ८८ गोलिया काठ सहित ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ।

बिहीबार जानकी गाउँपालिका–७ हिम्मतपुरमा भे १ त ६६०७ नम्बरको ट्याक्टरमा लोड गरि राखेको अवस्थामा दबदवे (ज्याङ्रग्रा) जातको ८८ गोलिया काठ बरामद गरिएको हो। इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उक्त काठ बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

उक्त काठ र ट्याक्टर आवश्यक कारबाहीको लागि सब डिभिजन वन कार्यालय टीकापुरको जिम्मा लगाइएको जनाइएको छ।

Sharing Is Caring:

Leave a Comment