धनगढी र गोदावरीबाट लागूऔषधसहित ३ जना पक्राउ

Hema Nath

धनगढीः कैलालीको धनगढी र गोदावरीबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–२ ब्यारेल नजिकबाट धनगढी उपमहानगरपालिका–५ बस्ने २२ वर्षीय खगेन्द्र चौधरी पक्राउ परेका छन्। चौधरीलाई ८९० मिलिग्राम लागूऔषधसहित लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

यस्तै धनगढी उपमहानगरपालिका–८  धनगढीगाँउबाट सोही ठाउँ बस्ने २८ वर्षीय नरेश चौधरीलाई १ ग्राम ४७० मिलिग्राम खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

Sharing Is Caring:

Leave a Comment