कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ

Hema Nath

धनगढीः कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–२ वनदवी मन्दिर नजिकबाट सोही ठाउँ बस्ने २५ वर्षीय राजेश शर्मा, २२ वर्षीय आरिफ अन्सारी र धनगढी उपमहानगरपालिका–३ बस्ने २० वर्षीय तुसार गुप्ता पक्राउ परेका हुन्। तीनै जनालाई १ ग्राम ६४० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

Sharing Is Caring:

Leave a Comment