कैलालीमा १२ ग्राम खैरो हेरोइनसहित तीन जना पक्राउ

Hema Nath

६ माघ, धनगढी । कैलालीमा करिब साढे १२ ग्राम लागुऔषध खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन् । आइतबार दिउँसो धनगढी उपमहानगरपालिका–२ भन्सार ब्यारेलबाट प्रहरीले धनगढी–४ उत्तरवेहडी बस्ने २४ वर्षीय अनिल लामा तामाङ र धनगढी–१३ झलारी बस्ने १८ वर्षीय नविनकुमार ऐरलाई खैरो हेरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरू सवार सुपप्र ०२ ००३ प ६११५ नम्बरको मोटरसाइकल भारतबाट नेपालतर्फ आइरहेको अवस्थामा शंकाका आधारमा चेक जाँचगर्दा १२ ग्राम ३६० मिलिग्राम लागुऔषध खैरो हेरोईन बरामद गरिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए ।

यस्तै, आइतबार नै धनगढी उपमहानगरपालिका–१ अस्पताल रोडबाट लागुऔषध खैरो हेरोइनसहित थप एक जनालाई पनि पक्राउ गरिएको उनले बताए । पक्राउ पर्नेमा डडेल्धुराको अजयमेरु गाउँपालिका–५ घर भएर धनगढी उपमहानगरपालिका–१ अस्पताल रोड बस्ने २० वर्षीय निरञ्जन पन्त रहेका छन् ।

उनको साथबाट एक सय मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ । उनीहरूलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing Is Caring:

Leave a Comment