धनगढी र जोशीपुरबाट अबैध सामान बरामद

Hema Nath

धनगढीः कैलालीको धनगढी र जोशीपुरबाट अबैध सामान बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका–२ सिशापोष्ट नजिक, धनगढी–९ त्रिवेणीघाट र जोशीपुर गाउँपालिका–२ बजार क्षेत्रबाट अबैध सामान बरामद गरिएको हो।

करिब ६१ हजार मुल्यको प्याज, चामल, दाल, हरियो मटर, मसला, बच्चाको खेलौना, बिडी, सुर्ती लगायतका सामान प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको हो।

Sharing Is Caring:

Leave a Comment