नेपाली सेनाको अधिकृत हुँ भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

Hema Nath

नेपाली सेनाको अधिकृत हुँ भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

४ माघ, काठमाडौं । नेपाली सेनाको अधिकृत हुँ भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका-३ घर भई हाल भक्तपुरको मध्यपुर थिमि नगरपालिका-४ बस्ने ३० वर्षीय राजु कार्की रहेका छन् ।

आफूलाई नेपाली सेनाको अधिकृत बताउँदै कार्कीले ३ लाख रुपैयाँ ठगी गरेको पीडितको उजुरीको आधारमा ललितपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ ।

पीडितसँग रकम लिएपछि कार्की फरार थिए ।

उनको साथबाट एक थान राष्ट्रिय वाणिज्य बैंकको चेक, २ थान मोबाइल, ९ हजार रुपैयाँ नगद र बाप्र ०२.०३४ प ४५१० नम्बरको स्कुटर बरामद भएको प्रहरीले जनाएको छ ।

कार्कीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

Sharing Is Caring:

Leave a Comment