३ माघ, काठमाडौं । काठमाडौं गोकर्णेश्वरमा एक जना पुरुष मृत फेला परेका छन् ।
गोकर्णेश्वर नगरपालिका-५ जम्बुडाँडास्थित सडकपेटीमा पहिचान खुल्न नस्केका अन्दाजी ४५ वर्षीय पुरूष बिहीबार मृत फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।