यूके पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

Hema Nath

३ माघ, काठमाडौं । यूके पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२६ बस्ने तनहुँको बन्दिपुर गाउँपालिका-२ की २३ वर्षीया सन्जिता गुरुङ रहेकी छन् । यूके पठाइदिन्छु भन्दै दुई जनालाई ठगी गरेर गुरुङ सम्पर्कविहीन बनेको उजुरी परेको प्रहरीको भनाइ छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार गुरुङले पीडितसँग ६० लाख ८९ हजार रुपैयाँ ठगी गरेको उजुरीका आधारमा गुरुङलाई नियन्त्रणमा लिइएको हो ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing Is Caring:

Leave a Comment