कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
भीमदत्त नगरपालिका ११ भुजेलाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख ५१ हजार ७ सय मूल्य बराबरको बरामद गरिएको हो। भन्सार छलीका थान कपडा, साडी, हार्डवेयर, साईकल लगायतका सामान इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।