धनगढीमा लागुऔषधसहित ३१ वर्षीय युवक पक्राउ

Hema Nath

धनगढीः कैलालीको धनगढीमा लागुऔषधसहित ३१ वर्षीय एक युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–३ बाट ५५० मिलिग्राम लागुऔषधसहित गोदावरी नगरपालिका–५ का ३१ वर्षीय निरज धामी पक्राउ परेका हुन्।

बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो।

Sharing Is Caring:

Leave a Comment