भिरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु

Hema Nath

बैतडीः भिरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु भएको छ। जिल्लाको मेलौली नगरपालिका–८ जमाडीकी २९ वर्षीया सीता विष्टको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार गत पौष २९ गते भिरबाट लडेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको थियो। डडेल्धुरा अस्पतालबाट केशरपुर स्वास्थ्य चौकी ल्याइएकी ती महिलाको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

Sharing Is Caring:

Leave a Comment